FAQs Complain Problems

सुचना तथा समाचार

डुडुवा गाउँपालिकाको संक्षिप्त परिचय

नेपालको लुम्बिनी प्रदेश स्तिथ बाँके जिल्लामा अवस्थित ८ वटा स्थानीय तहहरु मध्य नेपाल-भारतको सिमासम्म फैलिएको डुडुवा गाउँपालिका आफ्नै मौलिक पहिचान भएको गाउँपालिका हो l बि.स. २०७३ साल फाल्गुन २७ गते स्थापित यस गाउँपालिकाको नामाकरण डुडुवा नाला/खोलाको नामबाट गरिएको हो l साविकको कम्दी, होलिया, बेतहनी, बनकट्टी, हिरमिनिया (साविक ७ न. वडा बाहेक) गा.वि.स. लाई एकिकृत गरि यस गाउँपालिकाको स्थापना गरिएको हो l

आर्थिक रुपले सम्भावना यूक्त, प्राकृतिक रुपले भरिपुर्ण, सामाजिक संस्कृतिक रुपले विवीधता भएको यस गाउँपालिका नेपालको तराई क्षेत्रमा अवास्थित छ l यसको सिमाना दक्षिण पूर्वमा नरैनापुर गाउँपालिका र भारत, उत्तरपूर्वमा राप्तिसोनारी गाउँपालिका, उत्तरमा कोहलपुर नगरपालिका र पशचिममा नेपालगंज उपमहानगरपालिका रहेको छ l

कुल ९१.१ वर्ग कि.मी. मा फैलिएको यस गाउँपालिकामा ६ वटा वडाहरु रहेका छन् l गाउँपालिकाको केन्द्र वडा न. ३ को वनकट्टीमा रहेको छ भने वडा न. १ को केन्द्र होलियामा, वडा न. २ को केन्द्र बेतहनी, वडा न. ४ को केन्द्र कम्दीको शहपुर्वा, वडा न. ५ को केन्द्र कम्दी र वडा न. ६ को केन्द्र हिरमिनियामा रहेको छ l

यस गाउँपालिकाको जम्मा जनसंख्या ४५०१९ रहेको छ जसमध्य पूरुष २३६२३ र महिला २१३९६ रहेको छन् l यहाको कुल जनघनत्व ५३६.५५ वर्ग कि.मी. रहेको छ l नागरिकहरुको मुख्य पेशा कृषि हो भने खरिद विक्री तथा कामको शिल- सिलमा अधिकाँश नागरिकहरु नेपालगंज र भारतको रुपैडिहा जाने गर्दछन l

विविध धर्मावालीहरुको मिश्रित वसोवास रहेको यस गाउँपालिका धार्मिक राष्ट्रियताको नमुनाको रुपमा रहेको छ l मठ मन्दिर मस्जिद साथै अन्य धार्मिक आस्थाका पवित्र केन्द्रहरुले भरिपुर्ण यस गाउँपालिकामा राप्ती नदी, डुडुवा खोला साथै सामाजिक वनजंगलहरु पनि अवस्थित छन् l